यस्तो छ आजको मौसम : देशभर तुवाँलो, मध्याह्नपनपछि क्षणिक वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन /चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौंमा मध्याह्न्न पछि मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह गरेको छ । देशका अधिकांश स्थानमा आज तुवाँलो लाग्ने सम्भावना रहेको छ ।
पश्चिमी वायुसँगै धुलोका कणहरु आएकाले आज तुँवालो लाग्ने सम्भावना रहेको बताइएको छ । अहिले विहान दाङ, बुटवलसम्म आइपुगेको तुवाँलो आइपुगेको र ११/१२ बजेसम्म काठमाडौँ आइपुग्ने सम्भावना देखिएको मौसमविद्को भनाइ छ । पानी परेपछि भने तुवाँलो घट्ने छ ।





















