stcnepal long ad
global ime bank long

नेपाल धितोपत्र बोर्ड र चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भीष्म राज ढुंगाना र आइक्यानका तर्फबाट अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि बोर्ड अध्यक्ष ढुंगानाले सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनीयता अभिवृद्धि गर्दै लगानीकर्ताहरुलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको बताए ।

त्यसैगरी आइक्यानका अध्यक्ष शर्माले आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जानकारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आइक्यान प्रतिबद्ध रहेको बताए ।

सम्झौताले आगामी दिनमा सुचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भै समग्रमा पूँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने विश्वास बोर्डको छ ।

IME Lifesidebar
kumari