चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त
काठमाडौँ । कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार न्यायाधीशमा नियुक्त गरेकी हुन् ।
गत फागुन २८ गते न्यायपरिषद् बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
.jpg?w=720&ssl=1)























