citizens life insurance long ad
stcnepal long ad

पत्रकार महासंघको निर्वाचन अन्तर्गत देशभर मतदान 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत अहिले देशैभरी मतदान जारी छ । आज विहान ९ बजेदेखि शुरु भएको मतदान अपरान्ह ५ बजेसम्म रहनेछ ।

नेपाल पत्रकार महासंघको २६ औं अधिवेसनमा केन्द्रीय, प्रादेशिक, जिल्ला तथा प्रतिष्ठान स्तरमा एकैपटक निर्वाचन हुन लागेको हो । महासंघमा सदस्य रहेका देशभरिका करिब १३ हजार पत्रकारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ ।

यसअघि पत्रकारहरुले आफ्ना प्रतिनिधिहरु छनौट गर्ने र ती प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई मतदान गरेर छनौट गर्ने विधि रहेकोमा यस पटक हरेक सदस्यले केन्द्रीय प्रतिनिधिलाई प्रत्यक्ष रुपमा मतदान गर्ने विधि लागू गरी निर्वाचन हुन लागेको हो। यस पटकको निर्वाचनमा लिगिय, जातीय, क्षेत्रीय तथा वर्गीय समावेशीकरणलाई पनि विशेष महत्व दिइएको छ ।

हरेक तहका समितिमा अनिवार्य रुपमा महिला उपाध्यक्ष हुनुपर्ने व्यवस्था समेत गरी महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत हुने व्यवस्था गरिएको छ ।

 

IME Life
kumari