stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कम तौलको स्टील र डन्डी बेच्ने राजेश हार्डवेयरको सटर सिलबन्दी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोक्ता ठगी गर्ने बालाजुमा रहेको राजेश हार्डवेयरको सटर सिलबन्दी गरिएको छ ।

सागर मल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाण भन्दा कम डन्डी लगायतका फलाम जन्य सामग्री बिक्री गरेको पाइएको हो ।

शुक्रवार उपभोक्ताले खरिद गर्ने क्रममा शङ्का लागेपछि प्रहरीकोमा पुर्‍याएकोमा ठगी गरिरहेको पुष्टि भएको हो । बिलमा एक सय किलो उल्लेख गरेर ९० किलोसम्म मात्रै दिने गरेको भेटिएको हो ।

उपभोक्ताले प्रहरी चौकीमा पुर्‍याएपछि शुक्रवार सामान्य मुचुल्का बनाएर राखिएकोमा शनिवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डन्डी जन्य सामग्री तौल गर्दा बिल अनुसार कम देखिएको थियो । वाणिज्य विभागका प्रवक्ता शिवराज सेडाईंका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको छ ।

राजेश हार्डवेयरले विभिन्न कम्पनीको रड, स्टिल लगायतका सामग्री बिक्री गर्दै आएको छ । उक्त हार्डवेयरको १८ वटा आउटलेट रहेको वाणिज्यले जनाएको छ ।

विभागले तौल गरिएको वस्तुहरू नियन्त्रणमा लिई सिलबन्दी गरेर बिक्री वितरणमा रोक्का गरेको छ । उक्त शाखाका प्रमुख कमल शर्मा९भारतीय नागरिक० प्रहरी हिरासतमै रहेको सेडाईले जानकारी दिए ।

prabhu mahalaxmi
kumari