मेलम्चीको पानी आजदेखि काठमाडौंको घर घरमा, सुरुमा दैनिक ४ करोड लिटर पानी छोडिने
;'?ªdf kfgL xfn]/ k/LIf0f
d]nDrL,@! c;f/M
d]nDrL vfg]kfgL cfof]hgfsf] d'Vo ;'?ªdf k/LIf0fsf nflu kfgL xflnFb} . cfOtaf/ laxfg ( ah] d'Vo ;'?ªdf kfgL xflnPsf] cfof]hgfn] hgfPsf] 5 . sf7df8f}Ftkm{ kfgL hfg] ;'?ª aGb u/]/ cfof]hgfsf] klxnf] cl86 dfu{af6 kfgL k/LIf0f ul/Psf] xf] . tl:a/M b]j/fh ;'j]bL÷/f;;
काठमाडौं । काठमाडौं उपत्यकाका धारामा आजदेखि मेलम्चीको पानी आउने भएको छ । सुन्दरीजल आइपुगेको पानी धारामा आउने भएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् ।
सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि राजधानीका धारामा पठाइनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) को पुरानै प्रणालीबाट धारामा पानी वितरण गरिनेछ । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइप लाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको केयुकेएलले जनाएको छ ।
आजबाट सुरु हुने परीक्षण वितरण कति समयका लागि हो भन्ने आयोजनाले प्रष्ट पारेको छैन । काठमाडौंमा सुरुमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ। वैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ। ट्रायलको क्रममा पहिलो दिनमै सबै ठाउँमा पानी नआउन पनि सक्छ ।
मेलम्चीबाट सुन्दरीजल आइपुगेको पानी ट्रिटमेन्ट प्लान्टमा पठाउने कामको शुक्रबार खानेपानी मन्त्री मणिचन्द्र थापाले शुभारम्भ गर्नुभएको थियो । प्रशोधन केन्द्रको निरीक्षणमा पूर्वमन्त्री बिना मगर सुन्दरीजल पुग्नुभएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ, भने उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ।























