वरिष्ठ संगीतकर्मी रत्न बेहोसीका ५ पुस्तक एकै पटक विमोचन
काठमाडौं । वरिष्ठ संगीतकर्मी रत्न (बेहोसी) बज्राचार्यद्वारा लिखित ५ वटा पुस्तकहरू संयुक्त रूपमा विमोचन गरिएको छ ।भजन तथा आधुनिक गीतहरु संग्रहित खस नेपाली तथा नेपालभाषाका पुस्तकहरु क्रमशः भगवान भरोसा, निफ्वः स्वां भजनमाला, म अञ्जान छु, छं छन्त हे खंकी, फाटेको मन एक कार्यक्रमकाबीच विमोचन गरिएको हो ।
वरिष्ठ संगीतकर्मी रत्न बेहोसीका ५ पुस्तक एकै पटक विमोचन मध्यपुर संगीतप्रेमी समाजले आयोजना गरेको कार्यक्रम वाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशीको प्रमुख अतिथ्य तथा मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठको विशेष अतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रा. डा. सुन्दर कृष्ण जोशी, कवि भगतदास श्रेष्ठ, नेपाल मण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जन लगायतको सहभागीता रहेको थियो । त्यसैगरी बौद्ध विद्वान तथा समालोचक कृष्णकुमार प्रजापतिले पुस्तकको टिप्पणी गर्नु भएको थियो ।
वरिष्ठ संगीतकर्मी रत्न बेहोसीका ५ पुस्तक एकै पटक विमोचन विमोचित पुस्तकमध्ये तिनवटा पुस्तक प्रकाशनमा कान्छाकाजी प्रजापतिले आर्थिक सहकार्य गर्नु भएको हो । नेपालभाषाको निफ्वः स्वां भजनमालामा दिलबहादुर प्रजापतिको ५१ वटा भजन गीत संलग्न छ ।























