stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्वाण चौधरी योङ ग्लोबल लिडर्स–२०२१ मा छनोट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरम अन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल तिलस्मी युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट योङ ग्लोबल लिडर्स फोरमले गोलबन्द गर्दै आएको छ ।

सन् २००४ मा वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबद्वारा स्थापित फोरमले अन्तर सम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँछ । यो फोरम नेतृत्व उत्सव मनाउने विश्वव्यापी मञ्च बनेको छ ।

फोरममा १२० भन्दा बढी मुलुकका १,४०० सदस्य–पूर्वसदस्य छन् । यीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फच्र्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्भावना दूत आदि छन् ।

हरेक वर्ष विश्वभरबाट चुनिएका हुने हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् ।

फोरममा छनोट भएपछि निर्वाण चौधरीले विश्वस्तरीय मञ्चमा सहभागी हुन पाउँदा हर्षविभोर भएको प्रतिक्रिया दिएका छन् । “विश्वभर उद्यमशीलता र नेतृत्व विकासमा योगदान पु¥याउँदै आएको फोरमबाट म सधैं प्रेरित रहँदै आएको छु । फोरमले विभिन्न क्षेत्र, मुलुक र पहिचान बोकेका समुदायमा नेतृत्व विकासका लागि पुलको भूमिका खेल्दै आएको छ,” चौधरी भन्छन्, “म यस्तो मञ्चमा सहभागी हुन पाउँदा गर्व गर्छु ।

आउँदो विश्वलाई सुखी र समृद्ध बनाउन प्रयासरत यो ब्याचका मेधावी सदस्यहरूसँगको अन्तक्र्रियाबाट मैले धेरै कुरा सिक्ने अवसर पाउनेछु । यसले अन्ततः आउने पिँढीका लागि समुन्नत समाज निर्माणमा सघाउनेछ ।”

फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्छ । विश्वभरका वैभवशाली उदाहरणहरू मार्फत फोरमले नवप्रवेशी सदस्यहरूलाई उत्प्रेरणा जगाउँछ ।

नेतृत्वदायी भूमिकामा रहेर गर्न सकिने र गर्नुपर्ने विविध पक्षबारे प्रकाश पार्छ । प्रभावशाली नेतृत्व उत्पादनमा जोड दिन्छ । भरोसाको जगमा उभिएको सम्बन्ध र प्रेरणा तथा सामूहिक कार्यशैलीका कारण सदस्यहरू विश्वव्यापी चुनौती सामना गर्न सक्षम हुने फोरमको विश्वास छ ।

prabhu mahalaxmi
kumari