stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्याई ठगी अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–४ घर भएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीबाट गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड थाहा पाई पीडितहरुको ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्या्ई अन्य व्यक्तिको नामको खाता लगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari