३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १ सय २२ जना संक्रमित थपिए
काठमाडौं । मुलुकमा थप १ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४२ र पुरुषको संख्या ८० रहेको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय २२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।























