citizens life insurance long ad
stcnepal long ad

काठमाडौं–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन भएको छ । देशदर्शन बससेवा प्रा.लि.ले नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो । काठमाडौंको बौद्धबाट बेलुका साढे ६ बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने साढे सात बजेमात्र काठमाडौंको लागि छुट्ने छ ।

बससेवा प्रा.लिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले १२ करोड लगानीमा १६ वटा बस खरिद गरी सञ्चालन गरेको बताउनु भयो । मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उहाँको भनाइ छ । प्रा.लि.ले यसअघि नै काठमाडौं –जनकपुर, काठमाडौं –सुनौली र काठमाडौं –लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्ने लगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रा.लि.का बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताउनु भयो ।

रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रा.लि.को वेबसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र ई सेवा मार्फत प्राप्त गर्न सकिने उहाँको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

अहिले काठमाडौंबाट मुख्य पर्यटकीय स्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । अहिले काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोर–दोहोर गर्दै आएका छन् । रासस

IME Life
kumari