citizens life insurance long ad
stcnepal long ad

चन्द्रागिरि हिल्सको आइपीओ भर्नेले चन्द्रागिरि केवलकारमा २५% छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा २०७७ साल पुस २९ गते बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

यही साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिएको सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

उक्त शेयरमा आवेदन दिने १२, ५६, ७४६ ( बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनु पर्नेछ । साथै यो योजना मिति २०७७ माघ ५ देखि १ बर्ष सम्मको लागि मान्य हुने जनाएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

IME Life
kumari