stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल विज्ञापन संघ आनमा नयाँ नेतृत्व

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०७७ साल पौष २५ शनिवार एभरेष्ट होटेल काठमाडौंमा नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरु महासंघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिज्यूहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरेका थिए ।

२१ औं साधारण सभाले आगामी ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय” चयन भएका छन् ।

महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय हुनु भएको छ । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट”बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।

prabhu mahalaxmi
kumari