अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६
भक्तपुर । अश्लिल भिडियो बनाउने कार्यमा संलग्न रहेको अभियोगमा सूर्यबिनायक नगरपालिका-५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका-६ घर भई हाल ललितपुर लुभु बस्ने अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने शान्तिराम दनुवार र राजिव थनेत दनुवार रहेका छन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
११ फागुन २०७६, आइतवार १४:५७ बजे प्रकाशित