आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्त्री खतिवडाले आइतबार सिंहदरबार स्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगी पदभार लिएका हुन् । उनले पदभार ग्रहणको अवसरमा मातहतका कर्मचारीलाई सक्रिय रुपमा काम निर्देशन दिए ।
सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार गोकुल बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्त्री खतिवडालाई जिम्मेवारी तोकिएको थियो।