citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
पर्सा, बिन्दबासिनी गाउँपालिका(३ झौवास्थित तिलाबे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बहुदरमाई नगरपालिका ५ भौराटारका मनिस महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अम्मरपट्टीबाट खटिएको प्रहरीले ना.३ प ९६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक महतोलाई पक्राउ गरेको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका ६ का नर बहादुर दर्जी लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ६० मिलीग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले निज दर्जीको कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।
झापा, मेची नगरपालिका ६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित बिर्तामोड नगरपालिका ६–का मनिश लिम्बु र ताप्लेजुङ मिक्वाखोला गाउँपालिका(७का मुकेश थलाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू‌औषध व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे।११ प ६२८६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१७ शक्तिखोलास्थित बाटोको छेउमा रहेको परालको कुन्युमा बेवारिशे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब २ केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad