stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
पर्सा, बिन्दबासिनी गाउँपालिका(३ झौवास्थित तिलाबे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित बहुदरमाई नगरपालिका ५ भौराटारका मनिस महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अम्मरपट्टीबाट खटिएको प्रहरीले ना.३ प ९६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक महतोलाई पक्राउ गरेको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका ६ का नर बहादुर दर्जी लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ६० मिलीग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले निज दर्जीको कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।
झापा, मेची नगरपालिका ६ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित बिर्तामोड नगरपालिका ६–का मनिश लिम्बु र ताप्लेजुङ मिक्वाखोला गाउँपालिका(७का मुकेश थलाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू‌औषध व्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे।११ प ६२८६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१७ शक्तिखोलास्थित बाटोको छेउमा रहेको परालको कुन्युमा बेवारिशे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब २ केजी बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari