stcnepal long ad
ime life insurance
national life
global ime bank long

गल्छी–मैलुङ सडकको १३ किलोमिटर कालोपत्रे सकियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रसुवा । राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–मैलुङ सडकको १३ किलोमिटर कालोपत्रे सकिएको छ । रसुवागढी नाका जोड्ने छोटो दुरीको रूपमा रहेको धादिङको गल्छी हुँदै रसुवाको मैलुङ जोड्ने सडकको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिनेछ । त्यसमध्ये १३ किलोमिटर सडकमा दोस्रो पत्र (लेयर) को कालोपत्रे भइसकेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । बाँकी पाँच किलोमिटर सडकको कालोपत्रे आउँदो आर्थिक वर्षभित्र हुनेछ ।

पहिलो लेयर २१ किलोमिटर र दोस्रो लेयर १३ किलोमिटर कालोपत्रे भइसकेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको लागि तीन खण्डमा विभाजन गरेर काम गरिनेछ, जसअन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम झण्डै ६३ प्रतिशत भएको छ ।

२०७५ जेठ ६ गते मैलुङ–स्याफ्रु सडकको ट्र्याक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।

अहिले यस क्षेत्रमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम सकाइने योजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये १० वटाको अहिले निर्माण कार्य भइरहेको र पाँच वटा पुल निर्माणका लागि सम्झौता भइसकेको छ ।

यो सडक बेत्रावती कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ ।

IME Lifesidebar
kumari