macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लागुऔषध सहित नियन्त्रणमा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । फाल्गुन ८ गते बिहान काकडभिट्टाबाट काठमाडौ आउदै गरेको ना. ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसलाई नागढुङगामा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला झापा शिबसतासी नगरपालिका ११ झिलझिलेका की बिना डाँगी र काठमाडौ महानगरपालिका ८ चावहिलको दिपेश डंगोललाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । बिना डाँगीको साथबाट ४.३ ग्राम र दिपेश डंगोल ०.५ ग्राम ब्राउन सुगर फेला परेको थियो । निजहरूलाई उक्त परिमाणको ब्राउन सुगर सहित पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

९ फागुन २०७६, शुक्रवार १४:२५ बजे प्रकाशित

NTA long ad