stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अर्थमन्त्री डा. खतिवडा पदावधी थपिने, राष्ट्रिय सभामा सिफारिस हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधी थपिने भएको छ । राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल फागुन २० गतेपछि सकिने हुँदा डा. खतिवडाले यही बीचमा बिदा लिने अनुमान गरिएको थियो । तर, डा. खतिवडाले दुई वर्षे कार्यकालमा निकालेको नतिजाले प्रधानमन्त्री ओलीको मन जित्न सफल भएपछि उनको पदावधी थप्ने तयारी सुरु भइसकेको बालुवाटार स्रोतले जनाएको छ ।
डा. खतिवडाले आफ्नो दुई वर्षे कार्यकालमा २० वर्षदेखिको व्यापार घाटाको बृद्धिदर घटाउन र निर्यातको बृृद्धिदर बढाउन सफल भएका छन् । यस बाहेक अन्य सूचांक समेत प्रभावकारी नतिजा देखिए पछि नयाँ अर्थमन्त्री नियुक्त गरेर जोखिम लिने पक्षमा प्रधानमन्त्री ओली नपुगेको बताइन्छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको समेत अर्थमन्त्रीमा डा. खतिवडालाई नै निरन्तरता दिने मनसाय रहेका कारण उनलाई पुनः राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीमा यथावत राख्न लागिएको जनाइएको छ ।
बालुवाटार स्रोतका अनुसार छिट्टै बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. खतिवडालाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरिनेछ । राष्ट्रिय सभामा डा. खतिवडाको आगामी कार्यकाल छ वर्षको हुनेछ । यस अघि गोलाप्रथामा दुई वर्षको मात्रै कार्यकाल परेपछि फागुन २० गते विदा हुँदै थिए ।
अर्थमन्त्रीमा निरन्तरता दिने भएसँगै डा. खतिवडालाई बिहिवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । बालुवाटार स्रोतका अनुसार डा. खतिवडाको म्याद थप हुने भएसँगै उनलाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी तोकिएको हो । ७० करोड भन्दा बढि भ्रष्टाचारमा डिल गरेको तथ्य सार्वजनिक भएसँगै सञ्चार मन्त्री बाँस्कोटाले हिजै पदबाट राजिनामा दिएका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari