citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

१२ किलो चरेशसहित युवा पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६

नेपालगञ्ज । बाँकेको कोहलपुरमा प्रहरीले आज ठूलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ ।                      प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेश सहित एक युवालाई पक्राउ गरेको हो । प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले उक्त परिमाणको चरेससहित कोहलपुर–१२ का आकाश आरसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका आरसीलाई चरेशसहित पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

 

gold
himalayan life insurance long ad