साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य जोशीको निधन
काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आउनु भएका सञ्चालक कीर्तिकुमार जोशीको ७५ वर्षको उमेरमा आज २०७७ मंसिर ९ गते कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।
जोशी साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गर्नु भएको थियो ।
कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथजोशीका नाति स्वर्गिय कीर्तिकुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहनु भएको छ ।

























