UNSMIL Mission लिवियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) दोश्रो डफ्फाको बदली
काठमाडौं । शान्ति स्थापनार्थ UNSMIL Mission लिवियामा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) दोश्रो डफ्फालाई बदली गर्नको लागि आज २०७७ मंसिर ५ गते सेनानी हिमाचलजंग शाहको कमाण्डमा श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिकहरु, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।
सोही क्रममा लिवियाबाट सेनानी राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु २०७७ मंसिर ६ गतेको बिहान नेपाल आईपुग्ने छ ।
२२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनको लागी २०७७ कार्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरुको बदली भएको थियो ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको जानकारी गराएको छ ।























