दरबार मलमा सञ्चालनमा आयो अपी ग्लामरसको शोरुम
काठमाडौँ । विभिन्न नयाँ डिजाइनका आभुषण आइटम (jewellery items) भित्र्याएको ‘अपी ग्लामरस प्लस’को शोरुम दरबार मलमा सञ्चालनमा आएको छ ।
दरबार मल तेस्रो तलामा रहेको शोरुमको बिहीबार मोडल एवं कलाकार पुजन घिमिरे र माछापुच्छ्रे बैंक दरबारमार्ग शाखाकी प्रबन्धक सन्जुली प्रधानले उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि मोडल घिमिरेले शोरुम अवलोकन गर्दै फेसन रुचाउने नयाँ पुस्ताका युवतीहरुका लागि उपयुक्त हुने खालका आकर्षक र फेसनेवल ज्वेलरी आइटमले मन खिचेको बताइन् ।
साथै पार्टी, विवाह जस्ता समारोह र विशेष अवसरमा पहिरन गर्न उपयुक्त हुने थुप्रै आइटमले मन जोकसैको मन लोभ्याउने उनको भनाइ थियो ।
यसैगरी शाखा प्रबन्धक प्रधानले शोरूममा केही नितान्त नयाँ ज्वेलरी सेट देख्न पाएको र समग्रमा प्रिमियम क्वालिटीयुक्त आइटमहरू रहेको बताइन् ।
भारतीय कालीगढद्वारा डिजाइन गरिएका आकर्षक एवं फेसनेबल ज्वेलरी आइटमहरु शोरुममा राखिएको यसका सञ्चालक गणेशदत्त पन्तले बताए ।
पन्तका अनुसार किशोरी, युवती र विवाहित महिला सबैका लागि उपयुक्त हुने खालका पर्ल (मोती) रुबी (मणिरमाणिक) र हीरा जडित पोल्की, कुन्डन, बेंगल, रिङ (औँठी), नेकलेस लगायत नाक–कानमा लगाइने सबै आभुषण सेट शोरुममा राखिएको छ ।
ओपनिङ सेसन केही दिनसम्म चल्ने र सो अवसरमा विशेष छुटका साथ ज्वेलरी सेटहरु उपलब्ध गराउने सञ्चालक पन्तले बताए । उनका अनुसार अपी ग्लामरस ज्वेलरीको फेसबुक पेज र ह्वाट्स एपमार्फत पनि अर्डर गर्न सकिनेछ ।























