citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रहरीमा विशिष्ठ अधिकृतका ६ वटा दरबन्दी थप्ने सरकारको निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । नेपाल प्रहरीमा विशिष्ठ अधिकृतका ६ वटा दरवन्दी थप्ने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयले प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआइजी) र ५ प्रहरी नायव महानिरीक्षक (डीआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो ।

गृहको यो प्रस्ताव बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संघीय राजधानी प्रहरी गठन हुने भएको छ ।

त्यसको नेतृत्व एआइजीले गर्ने सरकारको तयारी रहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा संघीय राजधानी प्रहरीले हेर्ने छ ।

अहिलेसम्म राजधानीको सुरक्षा वागमती प्रदेश मातहत रहँदै आएको थियो । सरकारले प्रहरी ऐनबाटै संघीय राजधानी हेर्न छुट्टै संरचना बनाउने व्यवस्था गरेपछि अलगै संरचना बन्न लागेको हो ।

यस विरुद्ध बागमती प्रदेश सरकारले संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेको छ । संघीय राजधानी प्रहरी गठन भएपछि महानगरीय प्रहरी संरचना हट्नेछ ।

अहिलेसम्म तीन एआइजीको मात्र दरबन्दी थियो । एआइजीको दरबन्दी थपिएसँगै डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीमध्य एक एआइजी हुने छन् ।

थपिएका ५ डिआइजी एक जना साइबर ब्युरो र बाँकी चार जना प्रधान कार्यालयमा रहने नयाँ दरबन्दी कायम गरिएको छ । प्रहरीमा २६ डिआइजीको दरबन्दी घटाएर १४ मा झारेको एक वर्ष नपुग्दै ५ दरबन्दी थपेर १९ पु¥याइएको हो ।

 

IME Life
kumari