citizens life insurance long ad
stcnepal long ad

म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित, नेपाल संवतकै दिन पूजा गर्नेले भोलि गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विगत वर्ष जस्तै यो बर्ष पनि म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । कार्तिक शुक्ल प्रतिपदा अर्थात आजका दिन यो पर्व मनाउने गरिन्छ ।

बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ । तर यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेको छ । तिथि अनुसार पुजा गर्नेले आज र नेपाल संवतकै दिन पूजा गर्नेले सोमबार म्हः पूजा गर्न लागेका हुन् ।

म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १ सय ४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग जोड्नु नहुने एकथरीको भनाइ छ । नेवार समुदायमा आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यता अनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

IME Life
kumari