stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारसँग पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन महासंघको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आज एक विज्ञप्ती प्रकाशित गर्दै महासंघले उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघ महासचिव रमेश बिष्टद्वारा जारी विज्ञप्तीमा संक्रमण भएर उपचाररत सबै संक्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क परीक्षण र उपचार भइरहेको सन्दर्भमा पत्रकारलाई पनि सोही व्यवस्था गर्न महासंघको माग छ ।

महासंघका अनुसार कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ । चार सय भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

IME Lifesidebar
kumari