stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

वीरगञ्जको कृषि सामग्री कम्पनीद्वारा ३७ करोड मूल्य बराबरको मल बिक्री

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलर मार्फत आर्थिक वर्ष २०७६/७७ मा ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलव ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

सो कार्यालयले पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहमा रासायनिक मल बिक्री वितरण गर्ने आफ्ना डिलरलाई स्थानीय तहको सिफारिसमा उक्त मल वितरण गरेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए ।

स्थानिय तहका जनप्रतिनिधिले भने रासायनिक मल वितरण प्रणालीमा पारदर्शीता नभएका कारण ठोरी गाउँपालिका लगायतका सुदूर ग्रामीण क्षेत्रसम्म रासायनिक मल पर्याप्त मात्रामा नपुगेकाले धान खेतीमा पर्न गएको बताएका छन् । पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले नेसनल ट्रेडिङ लिमिटेडले मल वितरणबारे विस्तृत जानकारी नभएको गुनासो गरे । रासस

prabhu mahalaxmi
kumari