stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सुस्तामा देशकै पहिलो मुस्लिम विश्वविद्यालय स्थापना हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा देशकै पहिलो मुस्लिम विश्वविद्यालय स्थापना हुने भएको छ । कुतबुलमदार शाह दरगाहा कमिटी नवलपरासीले गाउँपालिका वार्ड नम्बर २ स्थित महलवारीमा त्यस्तो विश्वविद्यालय स्थापनाका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
कुतबुलमदार शाह दरगाहा कमिटी नवलपरासीका अध्यक्ष निजामुद्धिन मियाको अध्यक्षतामा बसेको बैठकले मुस्लिम, आदिवासी, जनजाति, असहाय, दलित, विपन्न, पिछडावर्ग समुदायका छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्न विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

उक्त प्रयोजनका लागि मुस्लिम अगुवा बुद्धन अलिको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको भएको हो । समितिको सदस्यहरुमा हैदरअलि मोमिन, घनश्याम यादव, अशोकजंग राणा, अजमुद्धिन मिया, रियाजुलहक अंसारी, वरिष्ठ अधिवक्ता बाबुराम पौडेल, मुकुन्द पौडेल, प्रभु विश्वकर्मा, अब्दुल मजिद अन्सारी, मदारबाबाका गद्दीनसिन अमिरुल्लाह अन्सारी रहनुभएको सचिव अजमुद्धिन मियाले जानकारी दिनुभयो ।
ईस्लाम शिक्षाका लागि अहिले यहाँका विद्यार्थीहरु कक्षा पाँच पछि भारत जानु पर्ने वाध्यता रहेको छ ।

prabhu mahalaxmi
kumari