stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सार्वजनिक यातायातमा नयाँ नियम– अब ‘फेस सिल्ड’ अनिवार्य प्रयोग गर्नुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका माझ सार्वजनिक यातायतमा नयाँ नियम ल्याइएका छन् । हिजो कत्तिक १ गतेबाट लागु भएको नयाँ नियम अनुसार सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ ।

सबै सिटमा यात्रु चढाउन पाउने भएपछि सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड ९भाइजर० लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालका अनुसार अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने छ । फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने छ । फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने समते प्रवक्ता भुषालले जानकारी दनुभयो ।

सार्वजनिक यातायतमा यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा सम्बन्धि निर्देशिका र मापदण्डहरू पूर्णरूपमा पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको सुरक्षा सम्बन्धि निर्देशिका अनुसार बसमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ ।सवारी साधनभित्र वा सार्वजनिक स्थलमा (बस टर्मिनल वा बस बिसौनी) रहँदा कुनै पनि किसिमको खानेकुरा खान पाइने छैन । त्यस्तै स्यानिटाइजर पनि लगाइराख्नु पर्ने छ ।

सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

prabhu mahalaxmi
kumari