citizens life insurance long ad
stcnepal long ad

सहुलियत पसलमा चिनी खरिद गर्न ग्राहकको लाइन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यस वर्षका लागि खरिद गर्ने भनेको २० हजार मेट्रिक टन चिनी नेपाल आइनपुग्दा वजारमा चिनीको मूल्य बढेको वढयै छ। चिनी खरिदको सबै प्रक्रिया पूरा गरिसकेको र गत साता नै नेपाल आइपुग्ने दाबी गरिएको चिनी आउन अझै एक साता लाग्ने भएको छ ।

सरकारले गत असोज १५ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरे पनि उक्त चिनी नआएका कारण दशैँलाई छुट दिने भनेको सहुलियत पसलमा चिनी नै छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले सहुलियत पसलमा आउने वा अनलाइनबाट माग गर्ने ग्राहकबाट बढी चिनीको माग आएकाले कर्पोरेसनको चिनी आउने बित्तिकै कम्पनीका बिक्री कक्ष वा अनलाइनबाट चिनी बिक्री गरिने बतनइन्।

चिनी बाहिर बजारमा प्रतिकेजी ९० रुपियाँसम्म पर्ने र सहुलियत मूल्य पसलमा प्रतिकेजी ७३ रुपियाँमा पाइने भएपछि अधिकांश उपभोक्ता चिनी खरिद गर्न सहुलियत मूल्य पसलमा जाने गरेका छन् ।

अहिलेसम्म कर्पोरेसनसँग भएको मौज्दात चिनीबाटै उपभोक्ताको माग घटाएर प्रति ग्राहक २–४ केजी मात्रै दिँदै आएको छ । कर्पोरेसनका बिभागीय प्रवन्धक ब्रजेशकुमार झाले नयाँ चिनी नआएकाले ग्राहकले मागेको चिनी दिन नसकेको बताएका छन् ।

कर्पोरेसनका बिभागीय प्रवन्धक झाले भने “चिनी खरिदको सबै प्रक्रिया पूरा गरे पनि यस पटक सामान्यभन्दा केही समय लागेको छ । यही साता चिनी आइपुग्छ भन्ने जानकारी हामीलाई आएको छ, नआएसम्म के भन्न सकिन्छ रु चिनी आइपुग्न हामीले आकलन गरेको समयभन्दा १० दिन ढिला भएको छ ।

अब यो भन्दा ढिला नहोला कि !   बिभागीय प्रवन्धकझाले भने । उनका अनुसार कर्पोरेसनसँग भएको मौज्दात चिनी लगभग सकिन लागेको छ । कर्पोरेसनले उपत्यकामा मोबाइल भ्यान सहित १२ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । बाहिर बजारमा प्रतिकेजी ९० रुपियाँसम्म पर्ने र सहुलियत मूल्य पसलमा प्रतिकेजी ७३ रुपियाँमा पाइने भएपछि अधिकांश उपभोक्ता चिनी खरिद गर्न सहुलियत मूल्य पसलमा लाइन लाग्ने गरेका छन् ।

IME Life
kumari