sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आजदेखि बिजुलीका तार भूमिगत हुने, प्रधानमन्त्रीले आज उदघाटन गर्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकामा बिजुलीका तार भूमिगत हुने भएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बिजुलीका तार भूमिगत गर्ने कार्यको थालनी गर्ने भएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीका तार जमिनभित्र राख्ने कार्य शुरु गर्नेछ ।
प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिइसकेको छ । अत्याधुनिक प्रविधिबाट ठाउंठाउँमा प्वाल पारेर बिजुलीका तार जमिनमूनी राखिनेछन् । सडक खनिने छैनन् ।
तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ । तार भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी)ले १५ अर्व रुपैयाँ ऋण सहयोग गरेको छ ।
प्राधिकरणले अन्डरग्राउण्डको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष राखेको छ । पहिलो पटक भूमिगत गर्न लागेको यो योजना सफल भएमा अन्य सहरी क्षेत्रमा पनि बिजुलीका तार भूमिगत गरिने प्राधिरणले जनाएको छ ।

gold
kumari bank
nawakantipur long