stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कोरोना महामारीमा पनि निर्माण आयोजनाहरुलाई निरन्तरता दिंदै एडीबी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य अगाडि बढिरहेको छ । कोभिड १९ जोखिम व्यवस्थापनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजना अघि बढाइएको एडीबीले जानकारी दिएको हो ।

एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको पनि एडीबीको भनाइ छ ।

एसओपी अन्तर्राष्ट्रिय अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकासँंग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकाहरुलाई पालन गरी बनाइएको हो । कोभिड जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरुबाट सञ्चालित धेरै विकास परियोजनाहरु अघि बढ्न सकिरहेका छैनन् ।

एडीबीले अन्तरर्राष्ट्रिय अभ्यासहरु अवलम्बन गर्दै काम गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर मे देखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरेको थियो ।

चैतमा लक डाउन सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाइएको एडीबीले जनाएको छ ।

कोभिड जोखिम व्यवस्थापन सम्बन्धि सरकार तथा अन्य आधिकारिक निकायहरु जस्तै डब्लुएचओ, आइएलओ, आइएफसीले तोकेका मापदण्डहरु अपनाई रोकिएका काम सुचारु गर्न एडीबीले मेको सुरुदेखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको थियो ।

त्यसका लागि एडीबीले सबै परियोजना कार्यान्वयन निकायसँग द्रुत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण ब्यवसायीहरुलाई एससोपी कार्यान्वयनबारे परामर्श दिएको एडीबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए ।

एसओपीमा निर्माण कार्य सुरु गर्दा व्यवस्था गर्नुपर्ने मुख्य दुई क्षेत्रहरु कार्यस्थल व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्य व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको एडीबीले जनाएको छ ।

निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यक्तिगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सुरु गरिएको थियो ।

एसओपीले नेपाल सरकारको प्रचलित कानुनी तथा विकास साझेदारहरुको प्रावधानहरुको पालना गरेको पनि एडीबीको भनाइ छ ।

एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

एडीबीसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वेभिनारमा उनले बैंकले तयार पारेको एसओपी आयोजनाहरुमा लागू भइरहेको र एउटा राम्रो सुरुवात भएको जानकारी दिए । यसले निर्माण क्षेत्रमा कोभिड १९ को जोखिम कम गराउन र कर्मचारीहरुमा संक्रमण फैलिन नदिएको उनले बताएका हुन् । एडीबीको लगानीमा निर्माणाधीन परियोजनाले पहिले नै एसओपीको विकास गरेको छ ।

कार्यक्रममा एडीबीले बनाएको जस्तै एसओपी बनाएर अन्य विकास परियोजनालाई अगाडि बढाउन सकिने पूर्व अर्थ सचिव सुमन शर्माले बताए । ‘सरकारले सुरक्षित भएर काम गर्नुहोस त भनेको थियो तर परियोजनाका कसरी काम गर्ने भन्ने प्राक्टिकल विषयबारे केही भनिएको थिएनन् । एसओपीको खाँचो थियो । यो एउटा राम्रो सुरुवात हो,’ शर्माले भने ।

prabhu mahalaxmi
kumari