stcnepal long ad
nabil bank
macchha(MBL)

दशैं तिहार सम्ममा सार्वजनिक यातायात सहज हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङ्गले दशैं तिहारसम्म सार्वजनिक यातायात सहज हुने बताएका छन।

शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफलमा सासदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री नेम्बाङ्गले विश्वव्यापी कोरोना महामारी र भारीबर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरुमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपनि नेपालीहरुको ठूला चाडपर्व दशैं तिहार अगावै सहज भइसक्ने उल्लेख गरेका छन।
मन्त्री नेम्बाङ्गले प्राकृतिक विपतलाई रोक्न नसकिएपनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गर्दै भारी बर्षाका कारण बाटोमा क्षति पुगेको बताए ।

राजमार्गहरु निर्वाध रुपमा सञ्चालन गर्नका लागि मन्त्रालयले चौविसै घण्टा काम गर्ने योजना बनाएको र २ सय ५० भन्दा बढी स्थानमा निर्माण उपकरण राखेर बाटो सोहोर्ने, पहिरो पन्छाउने काम भइरहेको छ ।’

मन्त्री नेम्बाङ्गले बढ्दो कोरोना संक्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दुरीको सवारी साधन खुल्ला गरिएको प्रष्ट पारे । सरकारले कडाईका साथ निर्णय गरेर मात्र नहुने उल्लेख गर्दै मन्त्री नेम्बाङ्गले सेवाग्राही, व्यवसायी सरोकारवाला सबै अनुशासित भएर लाग्नु पर्ने उल्लेख गरे।

मन्त्री नेम्बाङ्गले हवाई उडान पूर्ण सीट क्षमतामा सञ्चालन भएको र सरोकारवालाहरुबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा प्रस्ताव पेश गरिएको समेत उल्लेख गरेका छन।

मन्त्री नेम्वाङले मापदण्ड संशोधन भएर आएपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने बताए ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालायका सचिव देवेन्द्र कार्कीले भारी बर्षाका बाबजुद पनि देशभरको सडकको अवस्था राम्रो रहेको बताउदै हाम्रो मातहत रहेका सडकहरुको अवस्था राम्रै छ । ग्रामिण सडकहरुका अवस्था अलि नाजुक छ । ग्रामिण सडकहरुको मर्मत सम्भार स्थानीय तह तथा प्रदेश सरकारको जीम्मामा भएपनि हामीले समेत गरिरहेका छौ ।’
त्यस्तै सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्राकृतिक प्रकोपका कारण अवरुद्ध सडक रातभरी काम गरेर भएपनि सुचारु गरिएको उल्लेख गरे ।

prabhu mahalaxmi
kumari