संञ्चार सचिव वस्याल समक्ष पत्रकारहरुकाे ध्यानाकर्षण
काठमाडौ । सूचना तथा प्रबिधि मन्त्रालयका सचिव हरिप्रसाद वस्याल समक्ष नेपाल पत्रकार महासंघका तर्फबाट आज साना लगानीका सञ्चारमाध्यम हकहित प्रबर्द्धन समितिका तर्फबाट समग्र सञ्चार क्षेत्रका समस्याका बारेमा अवगत गराउँदै कोभिड–१९ को मारमा परेका संचारकर्मिहरु लगायत संचार माध्यमहरुका विषयमा विशेष रूपमा ध्यानाकर्षण गराइएकाे छ ।
महासङ्का केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको सल्लाह अनुसार केन्द्रीय सदस्य गाेविन्द चाैलागाईकाे नेतृत्वमा गएकाे एक टाेलीले सचिब बस्याल समक्ष छलफल र ध्यानकर्षण कार्यक्रममा जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नविकरण र नयाँ प्रेस पास जारी गराइदिन ,मिडिया हाउसहरुमा कार्यरत श्रमजीवी पत्रकारहरुले तोकिएको पारिश्रमिक पाए नपाएको मन्त्रालय तहबाट समेत अनुगमन गरिदिन ,अनलाइनलाई वर्गिकरणका आधारमा विज्ञापनको व्यवस्था मिलाइ दिन,मोफसलका पत्रिकाहरुले स्थानीय तहका टेन्डर विज्ञापन प्रकाशन गर्न खरिद ऐन परिमार्जनका लागि पहल गरिदिन, लोककल्याणकारी विज्ञापनका भुक्तानी समयमा गरिदिन,स्थानीय तहमा समानुपातिक ढंगले विज्ञापनको मापदण्ड मिलाईदिन,साना लगानीका सञ्चार माध्यम अत्यन्तै कठिन अबस्थामा रहेकाले प्रर्वद्धन गर्ने नीति बनाइदिन र कोभिडको यस्तो असहज परिस्थितिमा जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई ध्यान दिदै संक्रमित भएका संचारकर्मिहरुको उपचारमा सरकारले बिशेष ध्यान दिन मन्त्रालयले विशेष भूमिका खेलिदिन समेत आग्रह गरेकाे छ।
सूचना तथा प्रशासन विभागका महानिर्देशक किरणराज शर्मा, राजधानी दैनिकका सम्पादक एवं वरिष्ठ पत्रकार सागर पण्डित समेतले सो छलफलमा सहभागिता जनाइ आफ्नो धारणा राखेका थिए
























