macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) संघीय संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित भएको हो ।

संसदको बैठक दिउँसो दुई बजेपछि बस्दै छ । उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ । भोलि ९शनिबार० बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

आफ्नो पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो ।

बहालवाला सांसदको मृत्यु भएपछि संसदमा शोक प्रस्ताव पारित गरेर अरु कार्यसूचि स्थगित गर्ने परम्परा छ ।

२ फागुन २०७६, शुक्रवार १४:१४ बजे प्रकाशित

NTA long ad