stcnepal long ad
nabil bank
macchha(MBL)

गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट ओखलढुंगामा भेटिए

Nimb long ad
Prabhu Insurance Long Ad

ओखलढुंगा । ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट ओखलढुंगामा  भेटिएका छन् । सनराइज बैंक शाखा कार्यलय ओखलढुंगामा गत आइतबारदेखि लगातार रुपमा शंकास्पद नोटहरु भेटिएका हुन् ।

बैंकले कारोबार गर्ने क्रममा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद रु ५ सय दरका नोटहरु क्रमसः आइताबार २ थान, सोमबार ३ थान र मंगलबार ८ थान र बुधबार मेगा बैंकमा २ थान फेला पारेको छ ।

स्थानीय व्यापारीहरुले बैंकमा पैसा जम्मा गर्ने क्रममा लगातार रुपमा फेला परेका शंकास्पद नोटहरु ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र सिभिल बैंकबाट सिल भएर आएका बण्डिलहरुमा भेटिएको सनराईज बैंक शाखा कार्यालय ओखलढुंगाका शाखा प्रबन्धक खेमराज रानामगरले बताउनुभयो ।

त्यस्तै गरि बुधबार मेगा बैकमा भटीएका शंकास्पद रहेका र नोठमा गभर्नरको सहि तथा नोटमा भएको हिमालमा केही फरक भएको पाईएको मेगा बैंक ओखलढुंगाका शाखा प्रबन्धक शम्भु पराजुलीले बताउनु भयो ।

नोटहरुमा हुनु पर्ने सबै मापदण्डहरु रहेकाले शंकास्पद नोटहरु नक्कली नै हुन भनेर एकिन गर्न नसकिने शाखा प्रबन्धक पराजुलीको भनाई छ ।

नोटहरु सक्कली हुन् या नक्कली हुन भनेर पहिचान गर्नका लागी नेपाल राष्ट्र बैंकमा पठाउने र नेपाल राष्ट्र बैंकले पहिचान गरिसकेपछि मात्रै ती नोटहरुको बारेमा यकिन हुने बैंकहरुले जनाएका छन् । बैंकमा यस्ता नोट भेटीए पछि सदरमुकाममा सर्वसाधरण भने शसंकित हुन थालेका छन् ।

prabhu mahalaxmi
kumari