stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

वुहानका नेपाली ल्याउने विमान शनिबार दिउँसो काठमाडौँबाट उड्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं, फागुन १ गते

चीनमा कोरोना भाइरस प्रभावित हुबेई प्रान्तमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको विमान शनिबार दिउँसो चीन तर्फ जाने भएको छ ।
विमानमा चालक दलका सदस्य र चार स्वास्थ्यकर्मी सहित १९ जना रहने छन् ।
हुबेई प्रान्तको वुहानबाट नेपालीहरुलाई लिएर सो वाइडबडी विमान आइतबार बिहान २ बजे काठमाडौं विमानस्थल अवतरण हुने निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् ।
हुवेईमा रहेका १ सय ८७ जना नेपालीहरुले उद्धारका लागि आग्रह गरेका छन् । जसमध्ये धेरैजसो विद्यार्थी छन् । बेइजिङस्थित दूतावासका उपप्रमुख सुशील लम्सालले वुहान सहर भन्दा बाहिर रहेका नेपालीहरुलाई विमानस्थलसम्म ल्याउन मोटरको व्यवस्था भइसकेको जानकारी दिएका छन् ।
कोरोना भाइरस प्रकोपको केन्द्रविन्दु वुहान नै हो । सो सहर र आसपासको क्षेत्रमा संक्रमण रोक्न चीन सरकारले सार्वजनिक यातायात, हवाई सेवा बन्द गरेको छ । त्यसैगरी आवश्यक काम बाहेक बाहिर निस्कन समेत प्रतिबन्ध गरेको छ ।
हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५० हजार पुगेको छ भने १ हजार ३ सयको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९९ प्रतिशत चीनका नागरिक रहेका छन् ।
चीनबाट फर्काएर ल्याउने नेपालीको वुहान र काठमाडौं दुवै स्थानमा स्वाथ्य परीक्षण हुने छ । संक्रमणको लक्षण देखिए उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिने छ भने कुनै लक्षण नभए दुई साताको क्वारेन्टाइनमा पठाइने छ ।

prabhu mahalaxmi
kumari