stcnepal long ad
himalayan life insurance long ad

पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना ट्याङ्कर चालक पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

बारा ।  पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङ्कर चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना. ७ ख ३९२३ नम्बरको ट्याङकरका चालक जितपुर सिमरा उपमहानगरपालिका–२१ बस्ने २६ वर्षीय राजेश विश्केर्मा र ना. ७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्काल रहेका छ्न् ।

अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्याङकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइए पश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।