stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राधिकरणबाट कुलमान घिसिङ आज बिदा हुँदै, दोहोर्‍याउन ‘प्रधानमन्त्रीको अनिच्छा’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर मन्त्रिपरिषद्को बैठक सोमबार भोलि मात्रै बस्ने भएकाले कुलमान आज बिदा हुने पक्का भएको हो ।

यद्यपि प्रधानमन्त्री ओलीले चाहेमा सरकारले कुलमानलाई फेरि पनि प्राधिकरणको नेतृत्व दिन सक्छ तर ओलीले घिसिङलाई नियुक्त गर्न नचाहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ ।

‘नेकपाका अध्यक्ष प्रचण्ड कुलमानलाई नै लैजानुपर्छ भन्नेमा हुनुहुन्छ तर प्रधानमन्त्री ओलीले त्यसमा रुचि देखाउनु भएको पाइएन’, ऊर्जा मन्त्रालय स्रोतले  भन्यो ।

ऊर्जामन्त्री वर्षमान पुन आफै कुलमानलाई दोहोर्‍याउने मनस्थितिमा नभए पनि प्रचण्डको दबाबका कारण मन्त्री पुन घिसिङको नाम प्रस्ताव गर्न राजी हुनुभएको छ ।

तर प्रधानमन्त्रीले नै इच्छा नदेखाएपछि घिसिङको नाम मन्त्रिपरिषदमा पुगेको छैन ।

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्ष मै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्‍याउन माग गरेका छन् ।

२०५१ सालमा सातौँ तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङलाई तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट हटाएर विद्युत् प्राधिकरणमा काम विहीन अवस्थामा राख्नुभएको थियो ।

तर पछि तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पहलमा सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

prabhu mahalaxmi
kumari