stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत संसदीय सुनुवाई समितिद्वारा अनुमोदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  प्रस्तावित तीन जना राजदूतको नाम सर्वसम्मत संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका तीन देशका राजदूतको नाम सर्वसम्मत् अनुमोदन गरेको हो ।

जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिले अनुमोदन गरेसँगै तीनै राजदूतले राष्ट्रपतिबाट नियुक्ति पाउने बाटो खुल्ला भएको छ । बैठकमा सभापति कर्णले सरकारले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेकामा भने विशेष ध्यानाकर्षण गराएको बताउनुभयो ।

बैठकमा तीन जना राजदूतले मुलुकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । प्रस्तावित राजदूतउपर ५ वटा उजुरी परेको थियो । उजुरीहरुमा समावेशीकरण र समानुपातिक नभएको उल्लेख गरिएको थियो ।

prabhu mahalaxmi
kumari