macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वन र बन्यजन्तु अपराध नियन्त्रण तालिम सञ्चालन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम सञ्चालन भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले माघ २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा उक्त तालिमको उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्दैे थापाले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु राज्यले सुम्पियको जिम्मेवारी निर्वाहमा उच्च मनोवलकासाथ कृयाशिल रहेको कुरा समेत उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागि सहयोगि सिद्ध रहने यस्ता तालिमहरु नियमित रुपमा सञ्चालन गरिदा अपेक्षाकृत उपलब्धि हासिल हुन मद्दत पुग्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले वन्यजन्तुको चोरी सिकासी एवं वन्यजन्तु अपराध नियन्त्रणमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै कार्यसम्पादन गरिरहेको बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका संयोजक गोपालप्रकाश भट्टराईले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै जैविक विविधतामा धनी रहेको हाम्रो देश नेपालमा वन्यजन्तु संरक्षणमा रहेको चुनौती सामना गर्नको लागि सम्वद्ध विभिन्न निकायहरुसँग समन्वय गर्दै आफुहरु अगाडी बढिरहेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल र केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

२९ माघ २०७६, बुधवार १८:३९ बजे प्रकाशित

NTA long ad