stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

साढे १४ किलो चाँदी, आधा किलो सुन प्रकरण थप दुई  जना सुन व्यवसायी पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कमलादी काठमाडौंमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा थप दुई  जना सुन व्यवसायी पक्राउ परेका छन् ।

प्रहरीले गत भदौ १५ गते न्युरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध पनि प्रहरीले संगठित अपराधको कसूरमा अनुसन्धान अघि बढाएको छ । तस्करहरूले आधा किलो सुन लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेका थिए । उपाध्यायले भने अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार ताम्राकारले भने आधा केजी सुन नेपाल राष्ट्र बैंकबाट किनेका थिए ।

त्यस्तै, उनीहरूले चाँदी भने न्युरोडको सिल्भर स्टेटबाट किनेका थिए । प्रहरीले त्यसको सञ्चालकलाई भने पक्राउ गरेको छैन। यस प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुगिसकेको एसपी राठौरले बताए।

अहिले उक्त सुन प्रकरणमा दुई जना व्यवसायीसहित ११ जना हिरासतमा छन् । हिरासतमा रहेका तस्करहरू इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवान प्रसन्न श्रेष्ठ र उनका घरबेटी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र कालिगढ मनिष छन् ।

 

prabhu mahalaxmi
kumari