नेपालसँगकाे सम्बन्ध सुधार्न भारतकाे भारतको विषेश चासो !
काठमाडौ । नेपाल – भारतसँगको सम्बन्धमा अविश्वास र तनाव कायमै रहेकै अवस्थामा भारतका नेपाली राजदूत नीलाम्बर आचार्यले भारतका प्रमुख राष्ट्रिय सुरक्षाका सल्लाहकार अजित डोभलसँग भेटेका छन्। भारतकाे विदेश मामिलामा अहम् भूमिका खेल्ने डोभलसँग आचार्यको गत शुक्रबार भेट भएको थियाे ।
आचार्यकाे डोभलको कार्यालयमा आधा घण्टाभन्दा बढी कुराकानी भएको थियो। डोभल मोदी सरकारले अंगीकार गर्ने सुरक्षा तथा विदेश सम्बन्धी नीतिका सम्बन्धमा सबैभन्दा प्रभावशाली उच्च अधिकारी हुन् । उनले नेपाल सम्बन्धी मामिलामा विशेष चासो राख्ने गरेका छन् ।
सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा लामो समयदेखि विश्वास संकट कायम रहेको पृष्ठभूमिमा उनीहरूबीच भएको भेटलाई दुई देशको राजनीतिक तहमा देखिएको तनाव र असमझदारी कम गर्ने दृष्टिले महत्त्वपूर्ण ठानिएको छ ।

भेटमा सीमा सम्बन्धमा संवादलाई अगाडि बढाउने विषयमा बढी चर्चा भएको थियो । डोभलले सीमा सम्बन्धी विवाद चाँडो सुल्झाउने पक्षमा धारणा राखेका थिए । नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो ।
सीमा विवाद सतहमा आएको भारतले गत वर्ष १६ कात्तिक ९ नोभेम्बर ८० मा कालापानी क्षेत्रलाई समेत समेटेर नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि भएकाे हो। विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय बैठकका लागि नेपालले जोड दिँदै आएको छ।
गत २६ वैशाखमा भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याक उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिन पुग्यो । त्यसपछि पनि वार्ताका लागि नेपालले आग्रह गरेको थियो । तर, भारतका तर्फबाट कुनै जवाफ नआएपछि नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।
नेपालले संवादका लागि औपचारिक र अनौपचारिक माध्यमबाट प्रयास जारी राखेकाे थियाे । तर, भारतबाट सकारात्मक संकेत आएकाे थियाे । भारतीय कुटनीतिज्ञहरूले दुई देशबीच लामो समयसम्म संवादहीनता रहन दिन नहुने भन्दै अप्रत्यक्ष दबाब दिँदै आएका छन।
उनीहरूले नेपालसँग लामो संवादहीनताले चीनलाई दक्षिण एसिया क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न थप सहयोग मिल्ने तर्क दिँदै आएका छन्। सत्तारूढ भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयं संघ (आरएसएस) केन्द्रीय पंक्तिले पनि मोदी सरकारलाई दुई देशबीचको सम्बन्धका सबै आयामलाई ख्याल गर्दै संवादहीनता तोड्नका लागि पहल गर्न सुझाव दिँदै आएको छ।
नेकपाको आन्तरिक द्वन्द्वमा तत्कालका लागि लागेको ‘ब्रेक’ ले पनि भारतसामु नेपालको राजनीतिक नेतृत्व तहसँगको संवाद अगाडि बढाउन बाध्य बनाएको छ। भारतीय संस्थापनले पार्टीभित्रको द्वन्द्व चर्किंदै गएर केपी शर्मा ओली प्रधानमन्त्री छाड्न बाध्य हुने र त्यसपछि मात्र सीमाका विषयमा संवाद गर्ने रणनीति बनाएको थियो।
तर ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने देखिएपछि दिल्लीले आफ्नो नीतिमा पुनर्विचार गरेको बताइन्छ । भारत निकट रहदै आएका ओली भारतले नाकाबन्दी लगाएपछि विच्किएर चीनतिर ढल्किएका थिए तर अहिले भारत-चीन समदुरीमा रहेका छन ।
भारतकाे तीन महिनादेखि चीनसँगको सीमा विवादका कारण पनि पछिल्लो समय भारत निकट छिमेकीहरूसँग सम्बन्ध सुधार गर्ने निष्कर्षमा पुगेको छ। भारतीय विदेश सचिव श्रृंगलाले हालै बंगलादेश भ्रमण गर्नुअघि भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री एस जयशंकरसँग नेपाल र बंगलादेश लगायत छिमेकीहरूका विषयमा छलफल गर्नुले पनि त्यही संकेत गर्छ।
गत १५ अगस्टमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर स्वतन्त्रता दिवसको शुभकामना दिएपछि दुई देशको उच्च राजनीतिक तहमा केही महिनादेखिको संवादहीनता औपचारिक रूपमा तोडिन पुगेकाे थियाे। राजदूत आचार्यले पनि प्रधानमन्त्री तहमा भएको उक्त संवादले सकारात्मक वातावरण निर्माण गरेको बताएका छन ।
त्यसको दुई दिनपछि नै भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरूको समीक्षा गर्न नेपाल–भारत अनुगमन संयन्त्रको बैठक बस्याे । परियोजनाहरूको प्रगति सकारात्मक रहेको निष्कर्षसहित बैठक सकिनुलाई दुई देशबीचको सम्बन्ध सुधारोन्मुख बन्न थालेको संकेतका रूपमा हेरिएको छ ।
त्यसको केही दिनमै भारतीय राजदूत विनयमोहन क्वात्रा सडक मार्ग हुँदै दिल्ली गएका थिए । काठमाडौं छाड्नुअघि क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य उच्च अधिकारी एवं प्रमुख राजनीतिज्ञसँग भेट गरेका थिए। भारतको विदेश मन्त्रालयका अनुभवी र परिपक्व ‘क्याडर’ क्वात्राको यात्रा दुई देशबीचको सम्बन्ध र काठमाडौंको पछिल्लो राजनीतिक वातावरणबारे दिल्लीलाई ब्रिफिङ गर्नका लागि भएको ठानिएको छ।
दिल्लीमा रहँदा उनले दुई देशबीच उच्च राजनीतिक तहको भेटघाट र संवादको पहलका लागि प्रयास गरेको अनुमान गरिएको छ। आचार्य र डोभलबीच भएको पछिल्लो भेटलाई क्वात्राको दिल्ली भ्रमणसँग पनि जोडेर हेरिएको छ। मन्त्रीस्तरीय भ्रमणको तयारी नेपालसँगको सम्बन्ध सहजउन्मुख भएसँगै भारतीय पक्षले उच्च अधिकारीहरूको भ्रमणका लागि चासो देखाउन थालेको छ ।
त्यस किसिमको भ्रमण एक महिना भित्रै हुने सम्भावना छ। कोभिड–१९ को महामारीका कारण मोदी सरकारका मन्त्री लामो समयदेखि विदेश भ्रमणमा निस्किएका छैनन्।
पछिल्लो सातादेखि भने वरिष्ठ मन्त्रीहरू धमाधम विदेश भ्रमणमा निस्किरहेका छन्।भारतले दसैं अगाडि सिंह र जयशंकरमध्ये एकलाई नेपाल पठाउने दिल्लीले तयारी थालेकाे बताइन्छ ।

























