stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजार अनुगमनका क्रममा ६८ फर्मलाई कारबाही

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारबाही स्वरुप जरिबाना गर्दा ४० लाख ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार यस अवधिमा ६८ फर्मलाई कारबाही गर्दा ४० लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको हो । सूचना अधिकारी आचार्यका अनुसार यस अवधिमा दुई सय ७३ फर्म अनुगमन गरिएकोमा १४ फर्म सामान्य अवस्थाका र एक सय ५६ फर्ममा सामान्य कैफियत देखिएकोले तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

यसैगरी नौ फर्मबाट परीक्षणका लागि वस्तुको नमुना सङ्कलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोबार रोक्का तथा सिल गरिएको थियो भने १५ हजार तीन सय ५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागको तथ्याङ्कानुसार अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट तीन लाख, औषधि पसलबाट तीन लाख ९५ हजार, खाद्य तथा किराना पसलबाट पाँच लाख ८० हजार, गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी डिपार्टमेन्टल स्टोरबाट दुई लाख ६० हजार, तरकारी पसलबाट १० हजार, निर्माण सामग्रीबाट ५० हजार र पानी उद्योगबाट नौ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । पार्टी प्यालेसबाट तीन लाख, फलफुल पसलबाट ५५ हजार, मार्टबाट ७० हजार, मासु पसलबाट तीन लाख, मास्क उत्पादनबाट एक लाख ५० हजार, औषधि पसलबाट ५५ हजार र सर्जिकलबाट ५० हजार रुपैयाँ जरिबाना उठाइएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिबाना गरिएको विभागले जनाएको छ । काठमाण्डौ उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक ६ टोलीले बजार अनुगमन गर्दै आएका छन् ।

IME Lifesidebar
kumari