stcnepal long ad
ime life insurance
global ime bank long

पटक–पटक निर्णय सारेको भन्दै हवाई संचालकहरुले सरकार बिरुद्ध आन्दोलन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं  । पटक–पटक हवाई उडान खोल्ने निर्णय गर्दै सरकारले सार्दै आएको भन्दै सरकार बिरुद्ध आन्दोलन गर्ने घोषणा हवाई संचालकहरुले  गरेका छन् । हवाई संचालकहरुले क्रमबद्ध आन्दोलन गर्ने भएका हुन् ।

करिब ५ महिना अघिबाट कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु ठप्प छन् ।

सर्वप्रथम साउन ५ गतेको मन्त्रीपरिषद्को बैठकले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको थियो ।  कोरोना भाइरसको संक्रमण झन तीव्र रुपमा फैलिएको कारण आफ्नै निर्णयबाट पछि हट्दै सरकारले भदौ १५ गतेबाट उडान खोल्ने निर्णय गरेको थियो ।

त्यसपछि गत आईतबार बसेको मन्त्रीपरिषद् बैठकले तत्काललाई हवाई उडान सुचारु गर्न नसकिने भन्दै आगामी असोज १ गतेबाट मात्रै खुल्ने आइतबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताउनुभयो ।

मन्त्री खतिवडाले  आजबाट दैनिक ८ सयका दरले नेपाली स्वदेश ल्याइने भएकाले यसको व्यवस्थापनलाई मध्यनजर गर्दै आन्तरिक उडान २ हप्ता पर सारिएको बताउनुभयो ।

तर विमान संचालकहरुले भने मन्त्रीपरिषदको पहिलो निर्णय अनुसार उडानका लागि सम्पूर्ण तयारी गरिसकेकोे भन्दै पटक–पटक उडान खोल्ने मिति सारेर आफूहरुलाई मर्का पारेको विमान संचालकहरुको ठहर छ । उनीहरुले सरकारलाई हवाइ उडान मिति नलक्ब्याउन आग्रह गर्दा समेत वास्ता नगरेको आरोप लगाएका छन् ।

यसअघिको सरकारको निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सेफ्टी सर्कुलेसन र सेफ्टी एड्भाइजरी जारी उडान भर्ने तयारीमा लाग्न निर्देशन दिएको थियो ।

prabhu mahalaxmi
kumari