इन्द्रजात्रा पर्व यो वर्ष नित्य पूजामै सीमित
काठमाडौं । प्रसिद्ध इन्द्रजात्रा काठमाडौंको प्राचीन बस्ती वसन्तपुरमा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो । वर्षा र सहकालका द वता देव राज इन्द्रको पूजा–आरधना गरी परम्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य पूजामै सीमित गरिएको छ ।
विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोरोना भाइरसका कारण यसको रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर , धुलिखेल, दोलखा लगायत स्थानमा मनाउने गरिन्छ । विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो । जताततै देवी देवतालाई बाहिर प्रदर्शनी गरिएको हुन्थ्यो ।
तर , यो वर्ष कुनै रौनक छैन । कोरोनाको महामारीका कारण काठमाण्डौको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समिति सहित २७ वटा स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि यो वर्षको इन्द्र जात्रा स्थगित भएको हो ।
























