citizens life insurance long ad
stcnepal long ad

ठमेलका व्यवसायी विस्थापित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  ठमेल क्षेत्रका व्यवसायीहरु कोभिड–१९ महामारीका कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

गत चैत यता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले बताए ।

ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको बताए । ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको शर्माले  बताए ।

ठमेल भित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरि दिदा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको शर्माले बताए ।

काठमाडौं उपत्यकामा फेरी निषेधाज्ञा जारी भएपछि भने अझै लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताए ।

ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो । अहिले अन्तर्राष्ट्रिय  हवाइ उडान बन्द भएका कारण पर्यटकहरु काठमाडौं आउने अवस्था पनि समेत छैन् । पर्यटक नआउँदासम्म त्यसक्षेत्रको व्यापार शुन्य नै हुन्छ । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन ।

सन २०२० लाई सरकारले पर्यटन बर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए । सरकारले पर्यटन व्यवसायीहरुलाई पुनरकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताए ।

ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् । व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँ भन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ । ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकलन, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका अन्य व्यवसायहरु  सञ्चालनमा रहेका छन् ।

IME Life
kumari