citizens life insurance long ad
stcnepal long ad

एक्लो प्रयासले कोरोना जितिन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सरकारले क्वारेन्टिन र आइसोलेसन सम्वन्धि मापदण्ड पारित गरिसकेको छ । उपत्यका पछिल्लो समय थप भयभित बन्दै गएको छ । संक्रमितको सङ्ख्या दिन(प्रतिदिन बढ्दै गएको छ ।

यहि भयावह अवस्थालाई मध्यनजर गर्दै अहिले उपत्यकावासी लामो लकडाउनपछि फेरि दुई हप्ते निषेधाज्ञाको कठोर निर्णयलाई पुर्ण पालना गरी घर–डेरामा सरकारलाई पुर्ण सहयोग गरी असल व्यवस्थापनको प्रतिक्षामा छन् । यस्तो बेलामा संघ, प्रदेश र स्थानीय तहहरुको समन्वयमा स्वास्थ्य मापदण्ड पूरा गरी एकीकृत क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने, संक्रमित पहिचानका लागि महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाएर समुदाय स्तरमा परीक्षण व्यापक गर्ने लगायतका कुरालाई ध्यान दिनुपर्छ ।

तर, यो बेलामा एउटा पिएलाई साथमा लिएर कुनै अस्पताल, पार्टी प्यालेस,होटल वा होस्टल हेर्दै गरेको तस्बिर खिच्न लगाएर वा सडकमै पिसिआर गराएर वरवर सबैतिर संक्रमण फैलिने वातावरण निर्माण गरेर र पाखा–भित्तातिरका अनलाइनमा समाचार छाप्न लगाएर वुस्ट गराएर माननीयज्युको, मेयरज्युको वा वडाध्यक्षज्युहरुले सार्थक पहल, कोरोना नियन्त्रणमा फलानाको एकल प्रयासले सार्थकता पाउँदै भन्ने जस्ता अहमता पाल्नु भनेको जनतालाई ग्यास च्याम्वरमा हाल्नु जस्तै हो । यो माहामारी हो ।

त्यसैले एक्लो जस लिने हावादारी प्रयासले माहामारीले जित्छ, हामी सबैले हार्छौँ । त्यसैले यस्तो बेलामा माननीय, दाननीय, ताननीज्यु सबै हातेमालो गरेर अघि बढ्नु पर्दछ ।

अझ उपत्यका ७७ जिल्लाका नागरिक वसोवास गर्ने ठाउँ हो । यहाँ यस्तो माहामारीमा एक्लै कुदेर कतै पुगिन्न । यहाँ १८ वटा नगरपालिका छन् । गाउँपालिका छन् । प्रदेश सरकार छ । संघीय राजधानी यहीँ छ । त्यसैले एक्लै पुच्छर समातेर वैतर्नि तर्ने खेती नगरौँ । विपक्षीले पनि अर्तिका पुलिन्दा थुपारेर मिडिया लेखाएर मेरो हातमा सत्ता छैन नभए जादुको छडि मैसँग थियो भनी काल्पनिक कुरा नगरौँ । अहिले, आजैबाट हातेमालो गरौँ, एक्लो प्रचारले कोरोना जितिन्छ भन्ने भ्रम नराखौँ ।

IME Life
kumari