अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध १० पिस डाईजेपाम, १० पिस फेनेरागन, १४ पिस नुर्फिन र ३१ चक्की नाईट्रोभेट ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका–६ ईमाडोल बस्ने ३२ वर्षीय उजन ध्वज जोशी श्रेष्ठ लगायत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग मङगलबजारबाट खटिएको प्रहरीले बा. १० च १९७६ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।























