citizens life insurance long ad
stcnepal long ad

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिनुभएको छ । उहाँले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गर्नुभएको छ ।

ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उल्लेख गर्नुभयो ।

ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउने उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे आफूले पटकपटक सचेत गराएको बताउनुभयो । अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उहाँको भनाइ थियो । फ्रान्सले ऊर्जा क्षेत्रमा पनि केही समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको दाबी गर्नुभयो ।

युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ”, उहाँले भन्नुभयो । आफ्नो देशलाई घृणा गर्ने मानिसहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने उहाँको दाबी थियो ।

फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएको अशान्तिलाई पनि ट्रम्पले आप्रवासनसँग जोड्नुभयो । उहाँले ती देशमा भवन, कला र मानिसप्रति सम्मान नराख्ने व्यक्तिहरूका कारण समस्या बढेको दाबी गर्दै सीमा बन्द गर्न र त्यस्ता व्यक्तिहरूलाई निष्कासन गर्न आग्रह गर्नुभयो ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ सङ्केत गर्नुभएको सन्दर्भमा ट्रम्पको टिप्पणी आएको हो ।

IME Life
kumari